भारतीय गौरीफन्टा नाकाबाट भित्रिएका ४ जनामा काेराना संक्रमण

धनगढी । आइतबार भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। भारतीय बजार गौरीफन्टा नाका हुँदै भित्रिएका ३७१ जना मध्ये ५८ जनाको ‘ऐन्टिजेन’ विधिबाट कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको नाकामा स्थापना भएको हेल्थ डेस्कले जनाएको छ।

भारतमा कोरोना संक्रमण फैलिएपछि सीमामा कडाई गरेर चेकजाँच गर्दा हालसम्म ८७० जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुस्टि भइसकेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए।

भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेपछि गौरीफन्टा नाकामा सुदूरपश्चिम प्रदेश सरकारकाे सहयाेगमा धनगढी उपमहानगर पालिकाले हेल्थ डेस्क स्थापना गरेर चेकजाँच गर्न थालेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.