Dashain Suvakamana

प्रहरी जवानको लिखित परीक्षा दिने २२ नक्कली परीक्षार्थी पक्राउ

धनगढी । लाेकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई शनिवार पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.