आफ्नै छोरीको बलात्कार आरोपमा बुबा पक्राउ

धनगढी । आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका ३८ वर्षीय बुबाले पटकपटक आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको हो ।

छोरीलाई बलात्कार गरेको घटना गाउँमा बाहिर सार्वजनिक हुन थालेपछि उनी तीन महिना अघि भारत फरार भएका थिए । तीन महिनापछि घर फर्किएका बुवालाई गाउँलेले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले आफ्नै बुवाले विगत पाँच वर्षदेखि पटकपटक बलात्कार गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.