Dashain Suvakamana

कैलाली कारागारबाट छुटे लगत्तै पुनले भने- ‘यो सरकारमा हामी जाँदैनौँ ’

धनगढी । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनले जबरजस्ती प्रतिबन्ध लगाउने गलेकाे बताएका छन् । विगतमा शान्ति प्रक्रियाकै चरणबाट सरकारले जबरजस्ती प्रतिबन्ध लगाएको आरोप लगाउँदै उनले अहिले पनि आफूहरू शान्तिपूर्ण संर्घषमा रहेको स्पष्ट पारे ।

कैलाली जिल्ला अदालतमा रिहा हुने क्रममा प्रतिक्रिया दिँदै नेता पुनले अव नयाँ सरकार बनाएर अगाडी बढ्ने बताए । ‘यो सरकारमा हामी जाँदैनौँ ’ उनले भने- ‘सबैलाई भङ्ग गरेर राष्ट्रिय सरकार बनाएको अवस्थामा हामी जान सक्छौँ ।’

अब वैज्ञानिक समाजवादको अवश्यक्ता रहेको बताउदै उनले भने- ‘नेपालको दलाल पूजिवाद पनि सफल भएनन् । वैज्ञानिक समाजवाद नै अवको निकास र समाधान हो ।’  प्रतिबन्ध फुकुवापछि फेरि एउटा शान्तिपूर्ण संर्घषमा आएको मात्रै हो । उनले भने-‘यो कुनै नयाँ युद्धतिर गएको होइन ।’ उनले वर्तमान संविधानको औचित्य नरहेको समेत स्पष्ट पारेका थिए । ‘संविधान पनि काम नलाग्ने र व्यवस्था पनि काम नलाग्ने भएको छ ।’

पुन सँगै सेती महाकाली ब्युरो सदस्य विवेक कुमाल पनि रिहा भएका थिए । सरकार र नेकपाबिच तीन बुँदे सहमति भएसँगै दुवै जनालाई रिहा गरिएको हो । पुन र कुमाललाई जनही ५०/५० हजार धरौटीमा रिहा गरिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.