संसद पुर्नस्थापना भए संसदमा र चुनाब भए निर्वाचनमा:काँग्रेस नेता बस्नेत
धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बस्नेतले आफूहरू चुनाव भए निर्वाचनमा जान तयार रहेको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार धनगढीमा गरेकाे प्रदर्शनलाई सम्बाेधन गर्दै उनले भने संसद पुर्नस्थापना भए संसदमा जाने बताएका हुन् ।
निर्वाचनमा जानुपर्ने अवस्था आए काँग्रेस पछि नपर्ने बताउदै उनले भने- ‘चुनावमा जाने अवस्था आए हामी निर्वाचनमा जान्छौँ, प्रतिनिधिसभा पुन स्थापना भए पनि हामी स्वीकार गर्छौ’ उनले भने । निर्वाचनमा जाने अवस्था आए कुनै पनि दलहरूसँग सहकार्य नगर्ने उनले स्पष्ट पारे । ‘कम्युनिस्टसँग हाम्रो सहकार्य हुँदैन’ उनले भने ‘काँग्रेस एकलै चुनावमा लड्छ र बहुमत ल्याउँछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै कांग्रेसले देशभर प्रर्दशन गर्दैआएकाे र जनताले कम्युनिस्टलाई जिताएर दुई तिहाइ नजिकको सरकार बनेपछि देशमा सुशासन भन्दा बढी कुशासन भएको उनको आरोप थियो । देशभर बलात्कार हत्या जस्ता जघन्य अपराध बढिरहे पनि सरकारले घटनामा संलग्नहरूलाई पक्राउ गर्न नसकेको उनले आरोप लगाए ।
‘कञ्चनपुरमा निर्मला र बैतडीमा भागरथीको बलात्कार पछि हत्या भयो तर, सरकारले दोषी पक्राउ गर्न सकेको छैन’ उनले भने ‘यो पनि सरकारको कमजोरी हो ।’