पुर्वराजा ज्ञानेन्द्रको पथमा प्रधानमन्त्री ओली हिडे : नेकपा नेता खगराज
विकास महता
कञ्चनपुर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सहईञ्चार्ज खगराज भट्टले प्रधानमन्त्री ओली पुर्व राजा ज्ञानेन्द्र शाहकै पथमा हिडन खोजिरहेको टिप्पणी गरेका छन । बिहीबार महेन्द्रनगरमा प्रचण्ड-नेपाल पक्षीय नेकपा कञ्चनपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टले कम्यूनिष्ट नेता ओली पुर्व राजा ज्ञानेन्द्रकै पथमा हिडेको टिप्पणी गरेका हुन ।
कार्यक्रममा प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ओलीले एउटा भष्मासुरले ७० बर्षदेखि जनताको संघर्षबाट आएको संविधानको हत्या गरिदिएको संज्ञा दिए ।ओली छन्दुधारी, प्रेरत भएको समेत आरोप लगाए । ‘ओलीले ऐतिहासिक मुख्याताई गरेका छन, ‘नेता भट्टले भने, ‘अब प्रतिगमनको खतरा छ ।’ नेकपा प्रचण्ड नेपालकै आधिकारिक पार्टीको भएको दावि गर्दै भट्टले लाजलाई पनि लाज लाग्नुपर्नेमा नलागेको कटाक्ष गरे ।
प्रधानमन्त्री ओलीलाई लक्षित गरेर उनले सिहदरबारको निरङकुशता परास्त गर्नका लागि सिङ्गो पार्टी पङक्ति एकजुट हुनुपर्नेमा जोडदिए । कहिले प्रचण्डलाई भगवान मान्नेहरु अहिले तुलसी गिरी प्रवृतिका भएकाले बताउदै उनले त्यस्ता प्रवृतिबाट जोगिन नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।प्रचण्ड नेपाल पक्षीय जनमत देखेर केही व्यक्तिका निन्द्रा हैरान हुने र केही मदिराका भट्टीतिर केही मुर्छित भएर अस्पतालतिर जाने ठोकुवा गरे ।
प्रधानमन्त्री ओलीले सनकको भरमा संविधानमाथि कुल्चिएर सिङ्गो राष्टङलाई नै गुमराहमा राखेको समेत टिप्पणी गरे । जनताको विश्वास माथि ओलीले कुठाराघात गरेको बताउदै उनले संसद पूर्नस्थापना गरेर गणतन्त्रको रक्षा गर्नुपर्नेमा बताए ।