‘उपयुक्त समयमा उचित निर्णय हुन्छ’ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश सरकारकाे मन्त्रिमण्डल विस्तारबारे कुनै छलफल नभएकाे बताएका छन् । बाहिर हल्ला गरिएजस्ताे कस्लाई कुन जिम्मेवारी दिने भन्ने कुनै छलफल नभएकाे र यसवारे उपयुक्त समयमा उचित र ठाेस निर्णय हुने बताए ।
मन्त्रीमण्डल विस्तार ढीलाईबारे सुदूर आवाजकाे जफावमा मुख्यमन्त्री भट्टले अहिलेनै त्यस्ताे कुनै कुरा नभएकाे र केही भैइहालेपनि बाहिर आईहाल्ने बताए । उनले भने- ‘याे लुकाउनुपर्ने कुरै हाईन ।’
केही मन्त्रीले राजिनामा दिएपछि मन्त्रि मण्डललाई पुर्णता दिनुपर्ने भएपनि कस्लाई कुन जिम्मवारी दिनेबारे छलफल नै नभएकाे उनले बताए । सरकारका याेजना तीव्र गतिमा अगाडी बढाउने समय पार्टीमा देखिएकाे मतान्तरकाे असर यतापनि देखिएकाे तर, काम काजमा कुनै फरक नपरेकाे उनले बताए ।
प्रदेशकाे समग्र विकास, समृद्धि र सरकारकाे गतिशिलताकाे लागि सबै पक्षसँग निरन्तर छलफल भैइरहेकाे उनकाे भनाई छ ।