Dashain Suvakamana

अर्धभूमीगत लक्ष्मण थारू भन्छन् ‘न्यायकालागि अन्तिम बिद्रोहको तयारीमा छौँ’

धनगढी । कैलाली टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि थारूहरू अन्तिम विद्रोहको तयारीमा रहेको बताएका छन्। शनिबार अज्ञतस्थलमा पत्रकार सम्मेलन गर्दै उनले विद्रोहमा जाने तयारी भएको बताएका हुन्।

उनले भने, ‘हामी विभिन्न पक्षहरुसंग मिलेर दुई किसिमको विद्रोहमा जाने तयारी गर्दैछौ ।’ उनले कानुनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालमा जाने र सडकमार्फत पनि विद्रोह गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखर उच्च अदालत पठाईएको बताउँदै उनले भने, ‘न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्छ।’

अहिले संसद विघटन गरेर ओलीले बेईमानी गरेको आरोप थारुको थियो। उनले सर्तसहित सरकारसंग वार्तासमेत नगर्ने बताए। उच्च अदालतको फैसलापछि उनी अर्धभूमीगत रहेका उनी कहिले समाजिक सन्जालमा लाईफ गरेर चर्चामा आउने गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.