Dashain Suvakamana

संघीयताको अभ्यासमा पत्रकार महासंघ अगाडी : अध्यक्ष आचार्य

विकास महता 

कञ्चनपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले संघीय गणतन्त्रकाे अभ्यासमा पत्रकार महासंघ अन्य संघसंस्था भन्दा अगाडी रहेकाे बताएका छन् । अध्यक्ष आचार्यले कञ्चनपुर जिल्ला शाखाकाे बार्षिक सधारणसभाकाे उद्घाटन गर्नेक्रममा विहीवार यस्ताे बताएका हुन् ।

पत्रकार महासंघले आगामी नेतृत्वका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट अब तीनै तहका समिति चयन गर्ने भन्दै अध्यक्ष आचार्यले भने, ‘जिल्ला, प्रदेश र केन्द्रमा तीन तहका निर्वाचनमा साधारण सदस्यले प्रत्यक्ष चुन्नेछन ।’ कोरोनाका कारण समस्यामा परेका पत्रकारको उद्दार एव पारिश्रमिक उपलब्ध गराएको उनकाे दावी थियाे ।

पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीको अध्यक्षतामा भएको साधारण सभामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झाले पत्रकारले असल पत्रकार बन्न सुझाव दिए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले पत्रकार र पत्रकारिताको विकासका लागि स्थानीय तहबाट सहयोगको बचन दिए । शुक्लाफाँटा नगरका मेयर दिल बहादुर दिल बहादुर ऐरले पत्रकार जगत र स्थानीय तह मिलेर अघि बढ्नुपर्नेमा जोडदिए ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति कर्णदेव भट्टले लोकतन्त्र रक्षाका लागि पत्रकारको अहम भूमिका हुने बताए । साधारण सभामा भीमदत्त,दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी, बेलडाँडी गाँउपालिकालाई महासंघले सम्मान गरेको छ । पत्रकार महासंघको बृद्धि विकासमा सहयोग गरेको भन्दै प्रमाण पत्रबाट सम्मान गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.