मन्त्री लेखराजले भने- ‘प्रदेश सरकारप्रति पर्ख र हेरकाे अवस्थामा छाैं’
धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारकाे मन्त्रीवाट पठान सिंह बाेहरालाई हटाएकाेप्रति आक्रोश व्यक्त गरेका छन्।प्रधानमन्त्री ओली समुहकाे नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा मन्त्री भट्टले प्रदेश सरकारमा आलाेचना गरेका हुन् ।
प्रदेश सरकारसँग राजनैतिक संस्कार नै नभएकाे भन्दै उनले भने- ‘मुख्यमन्त्री काठमाण्डाैं जाँदा बस्ने वास र चढ्ने गाडी संघीय सरकारले मिलाउन्छ, तर हामी आउदा उतैवाट गाडी ल्याउनुपर्छ ।’ अधिकारीक नेकपा हामी हाैं भन्दै उनले सरकारलाई काम गर्न नदिएकाेले प्रधानमन्त्रीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेकाे प्रष्टाए ।
साेही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाले (प्रचण्ड–नेपाल) समूहको प्रदेश समिति बैठकले गरेका सम्पुर्ण निर्णय खारेज गरेको घाेषाणा गरे । उनले आफु प्रदेश कमिटी अध्यक्ष भएको बताउदैं आफ्नाे उपस्थिति विना कुनै समुहले गरेका निर्यण तथा कार्यकाे बैधानिकता नहुने बताए । उनले नेकपा प्रदेश समितिको खाताबाट निकालिएको रकमप्रति पनि कडा आपत्ति जनाएका छन ।