
काठमाडौं । भारत भ्रमण रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा बनेका र बन्न लागेका पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन् । सोमबार नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर यस्तो परियोजनाको उद्घाटन र शिलान्यास गरिएको हो ।
त्यसमध्ये चार परियोजना शिलान्यास भएका छन्, एउटाको उद्घाटन भएको छ । यसमध्ये भारतको धार्चुलाबाट नेपालको दार्चुलालाई जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । त्यस्तै, बनबासा नाकामा एकीर्कत जाँच चौकीको शिलान्यास गरिएको छ । मोतीहारी अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ। यो परियोजना अन्तर्गत भारतबाट पाइपलाइनमा पेट्रोल र मट्टितेल आउन थालेको छ ।
झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइनको समेत शिलान्यास गरिएको छ । ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको शिलान्यास समेत गरिएको छ ।
