धनगढी । कैलालीमा शनिबार आज एकैदिन दुई महिलासहित तीन जना मृत अवस्थामा भेटिएका छन्। तीनै जना फरक–फरक स्थानमा मृत भेटिएका उनीहरु र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रमा तीन जना फरक–फरक स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत भेटिनेमा गौरीगंगा नगरपालिका–३ कुचैनीकी ३० वर्षीया सुनिता सार्की, सोही वडाको तल्लो कुचैनीकी २८ वर्षीया पार्वती चौधरी र गोदावरी नगरपालिका–३ का प्रकाश बिक रहेका छन्।