कर्णाली पुल क्षेत्रमा थामि नसक्नु भीड

चिसापानी । कैलाली चिसापानीस्थित कर्णाली पुल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड देखिएको छ। नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट आएका हजारौँ मानिसहरू कर्णाली पुल आसपास भेला भएका थिए।स्थानीय स्रोतका अनुसार उक्त दिन करिब १५ हजारभन्दा बढी पर्यटक चिसापानी पुगेका थिए।

विशेषगरी प्राकृतिक सौन्दर्य, कर्णाली नदीको दृश्य र पुलको आकर्षणले पर्यटकलाई तानेको देखिन्छ। नयाँ वर्षको अवसरमा परिवार तथा साथीभाइसँग घुम्न आउनेहरूको संख्या उच्च रहेको थियो।पर्यटकको अत्यधिक भीडका कारण पुल क्षेत्रमा केही समय सवारी आवागमनमा समेत प्रभाव परेको स्थानीयले बताएका छन्।

चिसापानी क्षेत्र पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटनको प्रमुख गन्तव्यको रूपमा विकास हुँदै गएको छ। नयाँ वर्ष, सार्वजनिक बिदा तथा विशेष अवसरमा यहाँ पर्यटकको चाप बढ्ने गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.