माघी मेलामा भागदौड मच्चिदा १६ घाइते,वीर अस्पताल ट्रमा सेन्टरमा भर्ना

काठमाडौं । माघी मनाएर टुँडिखेलबाट निस्कने क्रममा भागदौड मच्चिदा १६ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

एकैपटक धेरै जना निस्कने क्रममा यस्तो भागदौड भएको थियो । घाइतेहरूलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ । घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् ।

त्यस्तै, २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ढुंगेलले बताए । प्रहरी जवान पृथ्वी बुढामगर पनि घाइते भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.