भालुवाङ बस दुर्घटनामा मृतक थप एक जनाकाे सनाखत

दाङ । देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङमा भएकाे बस दुर्घटनामा मृत्यु भएका थप एक जनाकाे सनाखत भएकाे छ। बाँके खजुरा गाउँपालिका-३ निवासी २५ वर्षीय सञ्जय केसीकाे सनाखत भएको हाे। यससँगै सनाखत हुनेकाे संख्या ९ पुगेकाे छ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पाेष्टमार्टमका लागि ठाउँकाे अभाव भएको छ। लमही अस्पतालकाे शवगृहमा शव छ तर, त्यहाँ फराकिलो ठाउँ छैन। जसले गर्दा पाेस्टमार्टम हुन नसकेकाे हाे।

नेपालगञ्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट तल राप्ती नदीमा खस्दा १२ जनाकाे मृत्यु भएकाे छ भने २३ जना घाइते भएका छन्। नमस्ते यातायातको बसमा ३६ जना सवार थिए।

सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, भालुबाङले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.