धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन्।
वारिसनामा मार्फत आरजुले उम्मेदवारी दर्ता गरेको बताएकी छन्। देउवाको प्रस्तावक काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्।
प्रतिनिधिसभा सदस्यमा देउवा, प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका नेता खगराज भट्ट र प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको मनोनयन दर्ता भएको छ ।