माईतिमा बस्दैआएकी एक युवतीकाे जंगलमा शव फेला

धनगढी । कैलालीको जंगलमा एक युवतीको शव फेला परेको छ। आइतबार घोडाघोडी नगरपालिका–१ बेलार बस्ने ४० वर्षीया रबिना कठरियो शव फेला परेको हो।

माइती घर बस्दै आइरहेकी उनको शव घर नजिकैको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए। ‘घाँस काट्न गएकी उनी मृत अवस्थामा फेला परेकी थिइन्।

बाहिरी चोटपटक केही देखिएको छैन। हामीले शव परीक्षणका लागि टीकापुर अस्पताल पठाएका छौं’ उनले भने।  प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.