धनगढी । सशस्त्र प्रहरी प्रधान कार्यालयले धनगढीका युवा समाजसेवी तथा ब्यवसायी डिल्लिराज भट्टलाई सम्मान गरेको छ ।सशस्त्र प्रहरी बलको २१ औँ स्थापना दिवशको अवशरमा भट्टलाई सम्मान गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको परिसरभित्र रहेका भवनहरुमा रङरोगन तथा मर्मत सम्भार गर्नुका साथै सिमा नाकामा खटिएका सशस्त्र प्रहरी हरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराई सामाजिक उत्तरदायित्व निर्बाह गरेको भन्दै सशस्त्र प्रहरीले भट्टलाई स्थापना दिवशको अवशर पारी कदरपत्र प्रदान गरेको हो ।
सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालद्वारा हस्ताक्षरित कदरपत्र स्थापना दिवशको अवशरमा एक कार्यक्रम आयोजना गरी सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनिपति तथा सशस्त्र प्रहरी नायब महानिरिक्षक दुर्गा प्रसाद भट्राइले भट्टलाई सम्मान संगै कदरपत्र प्रदान गरेका हुन् ।