आइतबार पुस ४ गते सार्वजनिक विदा

धनगढी । सरकारले आइतबार पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.