पश्चिम नेपालका हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना
धनगढी । नेपालकाे पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।
उनका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुुने अनुमान छ । प्रदेश-१ र २ मा भने यो प्रणालीको असर खासै नदेखिने बताइएकाे छ।यो प्रणालीको प्रभाव भोलिसम्म रहने भएकाले भोलि पनि कर्णाली र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ ।
भोलि शनिवार बेलुकादेखि भने यो प्रणालीको प्रभाव हट्ने मौसमविद्ले बताएका छन् ।