माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा केसी निर्वाचित
धनगढी । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् । २११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाई आज बुधवार अध्यक्षमा निर्वाचित गरेको हो ।
अन्य पदाधिकारी अझैँ टुङ्गो लागेको छैन । प्रदेश अध्यक्ष केसी रूकुम पश्चिमबाट प्रदेश सभा सदस्य हुन्। उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन्। उनी २०७० मा संविधान सभा सदस्य थिइन्।
यसअघि करिब तीन वर्ष प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा उनी भूमिगत भई माओवादीमा लागेकी थिइन्।