धनगढीमा कारागारभित्रै लागुऔषध पुराउने युवा पक्राउ

धनगढी । प्रहरीले जिल्ला कारागार कैलालीबाट एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई १ सय ८० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

जिल्ला कारागार कैलालीमा रहेको लागुऔषध मुद्दाका बन्दीलाई भेट्न गएको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कारागार गेटमा प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.