अछामका सबै पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

धनगढी ।  नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा सम्मेलन सम्पन्न गरेको छ। माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ।

May be an image of one or more people, people standing and outdoorsबान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन गाउँपालिकामा शेरबहादुर बोहरा शिशिरको अध्यक्षमा ५५ सदस्यीय, मेल्लेख गाउँपालिकामा ज्वालासिंह साउदको अध्यक्षमा ५५ सदस्यीय र साँफेबगर नगरपालिकामा रंगबहादुर ठकुल्लाको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ।

यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा अमर विकको अध्यक्षतामा ५५ सदस्यीय, कमलबजार नगरपालिकामा खड्क भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन गरिएको छ। मंगलसैन नगरपालिकाका राजकुमार सोडारीको अध्यक्षतामा ६५ सदस्यीय तथा तुर्माखाद गाउँपालिकामा मनबहादुर बयकको अध्यक्षतामा ५५ सदस्यीय पालिका संगठन कमिटी गठन गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.