माओवादी अधिवेशन: परशुरामकाे अध्यक्षमा शेरसिंह, शिखरमा नेपाली
डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डडेल्धुराकाे परशुराम नगरकाे अध्यक्षमा शेर सिंह माल निर्वाचित भएका छन् । शनिवारदेखि सुरु दाेश्राे नगर सम्मेलनबाट शेरसिंह नगर कमिटी अध्यक्षमा सर्वसहमत निर्वाचित भएका हुन् । उनी यसअघि पनि साे कमिटी अध्यक्ष थिए ।
सम्मेलनले उपाध्यक्षमा राजकुमार भाट, दुरा खाती, गाेविन्द सिंह बाेहरा, सचिव कर्ण बहादुर धामी ( किशोर ), सहसचिव हर्क बहादुर कार्की र काेषाध्यक्ष विमला महता सहित ६५ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित भएकाे साे पार्टीका जिल्ला नेता अमर बाेगटी सुशिलले जानकारी दिए । उनका अनुसार सम्मेलनवाट १९ जना प्रदेश सम्मेलन प्रतिनिधी समेत चयन भएका छन् । उता डोटीकाे शिखर नगरपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा करन सिंह नेपाली उपाध्यक्षमा राधिका बोहरा, दिपक बलायर र वसन्त रोस्यारा, सचिवमा सेर बहादुर बोहरा, सहसचिवमा रामचन्द्र साउद (कर्णाली) कोषाध्यक्षमा दिपा भण्डारी सहित ५९ सदस्यहरु निर्वाचित भएकाे जिल्ला ईञ्चार्ज शिव सिं ओलीले जानकारी दिएका छन् । 