कैलालीमा काँग्रेसको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

धनगढी । नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कार्य समितिले आजदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो।

पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए।

पार्टी सभापति शाहले जिल्ला अधिवेशन प्रदेश वा केन्द्रीय अधिवेशनपछि गर्नेबारे पार्टी भित्र छलफल भइरहेको बताए। सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा मंसिर १६ र १७ गते गर्ने तयारी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.