माओवादीको गोदावरी नगर सम्मेलन आज

अत्तरिया । नेकपा माओवादी केन्द्र गोदावरी नगरको प्रथम नगर सम्मेलन आज हुने भएको छ ।आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनअन्तरगत गोदावरीको पहिलो नगर सम्मेलन हुन लागेको हो ।गोदावरीका १२ वटै वडामा वडा सम्मेलन सम्पन्न गरेको माओवादीले पार्टीका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम ईन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्यमा नगरसम्मेलन गर्न लागेको हो ।

सम्मेलन दिब्य रोजिन निवासको प्राङ्गणमा बिहान १२ बजेदेखि सुरु हुने गोदावरी नगर प्रचारप्रसार समितिले जनाएको छ ।नगर सम्मेलन सम्पन्न गरेपछि मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि प्रदेश सम्मेलन गर्ने माओवादी केन्द्रको कार्यतालिका रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.