कैलालीमा दिनभर अवरुद्ध पूर्वपश्चिम राजमार्ग साँझ खुल्यो

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव उठाइए पछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुलेको छ । शव उठाइएपछि दिनभरदेखि अवरुद्ध राजमार्ग पनि खुलेको ट्राफिक कार्यालयले जनाएको छ ।राजमार्ग खुलेसँगै साँझबाट यात्रुहरु गन्तव्यतिर लागेका छन ।

बिहीबार पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए भने ट्रकमा आगजनी समेत  गरेका थिए । स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले २८ राउण्ड हवाई फायर र ३२ सेल अश्रुग्यास प्रहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ट्रक चालकलाई नियन्त्रणमा लिइएको बताए।शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.