सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले आज शुक्रवार पदभार ग्रहण गरेका छन् । हालै नियुक्त प्रदेश प्रमुख जोशीले केही दिनअघि राष्ट्रपति विधादेवी भण्डारीबाट पद तथा गाेपनियताकाे सपथ लिएका थिए ।
सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो । सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो ।