चार लाखकाे पटाका बरामद

धनगढी । सरकारले पटाकालाई प्रज्वलनशिल पदार्थ भन्दै अबैध मानेकाे भएपनि कैलाली कञ्चनपुर लगायतका भारतीय सीमाबाट वर्षेनि ठूलाे मात्रामा पटाका नेपाल भित्रिने गरेकाे छ ।

यसै शिलशिलामा कञ्चनपुरकाे भीमदत्त नगरपालिका भाँसीमाबाट प्रहरीले बेवारिसे अवस्थमा करिव चारलाख बरावरकाे विभिन्न प्रकारका पटाका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्टले यसअघि पनि अबैध पटाका सहित ईलेक्टाेनिक र किराना समानहरु तथा  काठहरु बरामद गरेकाे जनाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.