कैलालीका एक वडाध्यक्षको मोटरसाइकल प्रहरीको नियन्त्रणमा

धनगढी । कैलालीकाे मोहन्याल गाउँपालिका- ५ का वडाध्यक्ष छविलाल हौजालीले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चौमालाले वडाध्यक्ष हौजालीले प्रयोग गर्दै आएको से १ ब ७८२ नम्बरको सरकारी मोटरसाइकल झैझगडामा प्रयोग गरिएको भन्दै नियन्त्रणमा लिएको हो ।

गत असोज २९ गते चुरे गाउँपालिका–४, बालुवागडामा बिहे भोजमा वडाध्यक्षका भतिजा चक्रबहादुर हौजालीले सरकारी मोटरसाइकल प्रयोग गरेर झैझगडा गरेका थिए । दसैँको बिदामा सरकारी मोटरसाइकल प्रयोग गरेर झैझगडा गरिएको देखिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी प्रेम शाहीले बताए । वडाअध्यक्षको मोटरसाइकल स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएको उनको भनाइ छ ।

असोज २९ गते भएको झगडामा वडाअध्यक्षका भतिजालगायतको समूहको कुटपिटबाट बालुवागडाका स्थानीय चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी, कृष्ण बिक घाइते भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.