धनगढीमा बुधवार र बिहीवार भेरोसेल खोपको दोश्रो मात्रा लगाइने

धनगढी । धनगढी उपमहानगरपालिकामा भाेलि कार्तिक १० र पर्सि ११ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसिल खोप लगाउने भएको छ ।उपमहानगरपालिकाले सूचना सार्वजनिक गर्दै १९ वटै वडामा  कोभिड-१९ विरुद्धको खोप लगाउने जनाएकाे छ । वडा नम्बर १९ मा भने ११ र १२ गते कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाउने जनाईएकाे छ ।

१८ बर्ष माथिका पहिलो खोप लगाएका सम्पुर्णलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सबैमा अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।

No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.