अनेरास्ववियुद्धारा कैलालीका बाढी पीडितलाई राहत वितरण

धनगढी । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कैलालीका बाढी पीडितलाई राहत वितरण गरेको छ । गत हप्ता परेको बेमौसमी झरीले प्रभावित भएका भजनीको लालभोजीका बाढी पीडितलाई आज राहत वितरण गरिएको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र कैलालीका इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले उपलब्ध गराएको राहत सामाग्री अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मोति विकको नेतृत्वमा रहेको टिमले हस्तान्तरण गरेको हो ।

लालभोजीका सबै भन्दा बाढी प्रभावित करिब १५० परिवारलाई राहत वितरण गरिएको इन्चार्ज विकले बताए । ‘सुदूरपश्चिम प्रदेशमा बाढी र पहिलोले दिएको चोटमा मलम लगाउन हामी आएका हौँ’ उनले राहत वितरण गर्दै गर्दा भने, ‘हामी कैलाली र कञ्चनपुरका पीडितलाई आफै भेटेर राहत दिइरहेका छौँ ।’

राहत वितरण कार्यक्रममा विकसँगै एमाले जिल्ला सदस्य  हितेश ओझा, अनेरास्वियु स्थायी कमिटि सदस्य तथा प्रदेश सह इन्चार्ज भिस्म सुबेदी, स्थायी कमिटि सदस्य तथा प्रदेश सचिव मनोज राई, अनेरास्वियु कैलालीका अध्यक्ष किरोश शाह लगायत केहि केन्द्रीय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.