महाकाली र कर्णालीले खतराको सतह नाघे, किनारका बस्ती डुबानमा

दीपायल पुलमा नदी

धनगढी । अस्ति रातिदेखि लगातार परेको पानीले महाकाली र कर्णाली नदीमा बाढी आएको छ। डडेल्धुरामा महाकाली र कैलालीको उत्तरी क्षेत्रमा कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।

‘निरन्तर सतह बढिरहेको छ’ उनले भने ‘अहिले खतराको सतहभन्दा निकै माथि पानी पुगेको छ ।’ नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । No description available.नदी किनारका बस्तीहरूमा पनि डुबानमा पर्न थालेको उनले बताए । ‘अहिले कति बस्ती डुबानमा प¥यो भन्नेबारे हामीले तथ्याङ्क लिइरहेका छौँ’ उनले भने ‘तथ्यांक संकलनसँगै उद्धारको काम पनि भइरहेको छ ।’

यस्तै महाकाली र कर्णाली नदी अन्तर्गत पर्ने बैतडी, डडेल्धुरा, डोटीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ। सेती नदीमा आएको बाढीले डोटीमा रहेको मोटरेबल पुल छुन थालेको छ । नदी आसपासका बस्तीमा खतरा बढेको छ । नदीमा आएको बाढीले नदी किनारको बस्तीमा क्षति गर्न थालेको स्थानीय टेकराज उपाध्यायले जानकारी दिए ।

 

 

उनले पुलको एक छेउ कटानमा परेको हुँदा पुल नै जोखिममा परेको बताए । दिपायल सिलगढी नगरपालिका २ स्थित पुल बजार पनि डुबानमा रहेको छ । भागेगडामा रहेको कृषि ज्ञान केन्द्र पनि जोखिममा रहेको उनले बताए । भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

यता कर्णाली नदीले पनि सतर्कता तह पार गरेको छ । जल तथा मौसम कार्यालय कोहलपुरका अनुसार कर्णालीमा पानीको सतह १०.५० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । जल तथा मौसम कार्यालय कोहलपुरले नदीको सतह अझै बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.