निर्मला र अस्मिताले न्याय पाउनुपर्छ: कानूनमन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले निर्मला पन्त र अस्मिता धामीले न्याय पाउनुपर्ने बताएकी छन्। बुधबार ६६औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘कञ्चनपुरकी निर्मला सवा २ वर्ष र डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणको लगभग ६ महिना पुगे पनि अझै अनुसन्धानको नतिजा आउन बाँकी छ। अपराध अनुसन्धानमा हुने ढिलाइले  समाजमा थप अपराधका घटना बढ्ने र अपराधिको मनोबल बढ्दै गएर समाजमा शान्ती सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क हुन जरुरी छ। सो कार्यमा प्रहरीलाई छिट्टै सफलता मिलोस शुभकामना छ ।’

कार्यक्रममा मन्त्री जोशीले सहिद भएका प्रहरीका आफन्तलाई कदरपत्र प्रदान गरेकी थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.