सूचना नदिने मेयर र कर्मचारीलाई भैँसीको संज्ञा दिँदै जुलुस (फोटोफिचर)

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा सूचना माग गर्दै आज भैँसी जुलुस निकालिएको छ । संयुक्त संघर्ष समितिका पदाधिकारीले नगरप्रमुख विजयशंकर साहसँगै कर्मचारीलाई भैँसीको संज्ञा दिँदै जुलुस निकालेका हुन् ।

पालिकाले सूचना दिन आलटाल गरेको भन्दै उनीहरू रिले अनशनमा छन् । त्यसकै समर्थनमा १४औँ दिनमा भैँसी जुलुस निकालिएको समितिका संयोजक सुरेश यादवले बताए । यही असोज ४ गतेदेखि नगरपालिकाको कार्यालयअगाडि समितिका पदाधिकारीहरू रिले अनशन बसिरहेका छन् ।समितिले गएको जेठ २३ गते हुलाकमार्फत पालिकासँग विभिन्न सूचना माग गरेको थियो । त्यसअघि पनि लिखित र मौखिक रूपमा सूचना माग गर्दा नदिइएको समितिका महासचिव मेथल साहको भनाइ छ ।

समितिले हुलाकमार्फत दर्ता गराएको निवेदनमा चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेन्टिन सञ्चालन र रोकथामको लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना माग गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.