प्रहरी दिवसको अवसरमा प्रहरी र युवाद्वारा धनगढीमा तपाईकाे मास्क खै ? र्याली

धनगढी । ६६ औँ प्रहरी दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशले धनगढीमा ब्यानर सहित “तपाईँको मास्क खै” र्‍यालीको आयोजना गरेको छ ।

“मास्क लगाऔँ, आफू  पनि बचौँ, अरूलाई पनि बचाऔँ” भन्ने नारा सहित आइतबार बिहान ८ बजे धनगढीको ट्राफिक चौराहादेखि पार्क मोडसम्म कोभिड-१९ विरुद्धको सचेतनाका र्याली निकाल्दै मास्क वितरण गरिएको हो । थाहा पाउँदा पाउँदै पनि सुरक्षाका मापदण्ड न अपनाइरहेका नागरिकहरुलाई निरन्तर रुपमा झकझकाइरहनु पर्ने तथा सचेतना दिनुपर्ने भएकाले सो अभियान चलाइएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुसोत्तम कँडेलले बताए।

कार्यक्रममा प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेका कार्यकारी उपाध्यक्ष युवराज कुँवर, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, युवा परिषद् का सदस्यहरु, प्रहरी कर्मचारी, ट्राफिक प्रहरी, पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.