भीमदत्तद्वारा नगर प्रोफाइल निर्माण, तथ्याङ्क अनलाईन अभिलेख राख्ने

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले डिजिटल नगर प्रोफाईल निर्माण गरेको छ। नगरपालिकाले नगरका सबै तथ्याङ्कलाई अनलाईन अभिलेखीकरण गर्न नगर प्रोफाईल निर्माण गरेको हो।

संघीयता सहयोग साझेदारी कार्यक्रमसँगको सहकार्यमा नगरपालिकाले प्रोफाईल तयार गरेको नगरपालिकाका सूचना अधिकृत विनय कलौनीले बताए। उनका अनुसार नगर र नगरवासीसँग जोडिएको सबै सूचनाको अनलाईन अभिलेखीकरणका लागि नगर प्रोफाईल तयार गरिएको हो। नगर प्रोफाईललाई नगर डाटा बैकको रुपमा प्रयोग गरिने उनले बताए। देशभरीका ७ सय ५३ स्थानीय तहमध्ये १२ वटाले मात्रै हालसम्म नगर प्रोफाईल निर्माण गरेका छन्।

मंगलबार एक कार्यक्रमकाबीच नगर प्रोफाईल निर्माणका परामर्शदाता स्र्माट टेक नेपालले नगरपालिकालाई प्रोफाईल हस्तान्तरण गरेको थियो। हस्तान्तरणसँगै भीमदत्त नगर प्रोफाईल सञ्चालनमा ल्याईएको छ। भीमदत्त प्रोफाईल डट हाम्रो पालिका डट ओआरजीमा लगईन गरी नगर प्रोफाईल हेर्न सकिने छ। प्रोफाईल निर्माणका लागि सबै वडामा गणक खटाईएको थियो। गणकहरुबाट जनसख्या, घरधुरी, परिवारको विवरण लगायतको तथ्याङ्क संकलन गरिएको थियो।

भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सुचनामा सहज पहुचका लागि नगर प्रोफाईल निर्माण गरिएको बताए। उनले योजना निर्माणका लागि तथ्याङ्क महत्वपूर्ण हुने भएकोले त्यसको अभिलेखीकरण गर्न नगर प्रोफाईल तयार पारिएको बताए। तथ्यमा आधारित नागरिकको अवस्था र समस्याको पहिचानका लागि तथ्याङ्क महत्वपुर्ण हुने बताउँदै नगर प्रमुख विष्टले भने ‘नगर र नागरिकसँग सम्बन्धीत सूचना सहज प्रभाव हुन्छन्, यसले योजना निर्माणमा पनि सहयोग पुग्छ।’ साथै नगर प्रमुख विष्टले प्रोफाईललाई नियमित अपडेट र तथ्याङ्क अद्यावधि गर्न विषयगत शाखा प्रमुख र सुचना फाँटलाई निर्देशन समेत दिए।

त्यस्तै योजना बैकको लागि सहरी योनजा आयोग गठन गरिएको उनले बताए। योजना आयोगले योजना निर्माणसँगै प्राथमिकिरण गर्नेछ भने त्यसको कार्यान्वयनका लागि तीन वटै तहका सरकार र अन्य निकायसँग समन्वय गर्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.