धनगढीका २२ ठाउँमा आईतबारदेखि कोभिड–१९ विरुद्धको खाेप लगाईदै
धनगढी । कैलालीकाे धनगढी उपमहानगरपालिकाले १९ ओटै वडामा असोज १० गतेदेखि कोभिड–१९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लागाईरहेकाे छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप लाउने र खोपका लागि अनलाइन दर्ता भने आवश्यक रहेको बताए ।
१० र ११ गते लगाइने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको उनले बताए । विद्यार्थीको हकमा विद्यालय तथा विश्वविद्यालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । वडानम्बर १८ र १९ भने असोज ११ र १२ गते खोप लाउने बताउदै खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।
