‘डडेल्धुरा काँग्रेसको अधिवेशनविरुद्ध सर्वोच्च जान्छौँ’ : कर्ण मल्ल

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच अधिवेशन भएपछि जिल्ला सभापति कर्णबहादुर मल्लको समूह रुष्ट भएको छ। अधिवेशन बहिष्कार गरेको उक्त समूहले न्यायका लागि सम्पूर्ण निकाय पुग्ने जनाएको छ। जिल्ला सभापति मल्लले एकलौटी रुपमा भएको अधिवेशन वैध नहुने बताए। ‘कागजात संकलन गर्ने काम भइरहेको छ,’ सभापति मल्लले भने, ‘डडेल्धुराको अधिवेशनविरुद्ध न्यायका लागि सर्वोच्च जान्छौँ।’

उनले ९ जिल्लाका सुरक्षकर्मी बोलाएर अवैध रुपमा अधिवेशन सम्पन्न गरिएको बताउँदै त्यसको वैधतामाथि प्रश्न खडा भएको बताए। ‘केन्द्रीय सभापति ज्यूले गृहजिल्लाकै विवाद मिलाउन सक्नुभएन्,’ मल्लले भने, ‘उल्टै पेलेरै अधिवेशन गरिएको छ। यसले आगामी निर्वाचनमा पनि असर पर्ने देखिन्छ। आफ्नै पार्टीमा द्धन्द्ध बढाएर अर्को पार्टीसंग लड्दा अवश्य असर पर्नेछ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको शक्तिलाई पूर्णरुपमा दुरुपयोग गरेर वडादेखि जिल्लासम्म नेतृत्व हत्याउने दाउमा एउटा समूह लागेको उनको आरोप थियो। जिल्लाबाट पठाइएको क्रियाशिल सदस्यको नाम हटाएर केन्द्रबाट नयाँ सदस्य थपिएको भन्दै सभापति मल्ल समूहले असन्तुष्टि जनाउँदै आएको थियो।

सोही विवादका कारण २५ गते तय भएको अधिवेशन जिल्ला सभापतिले विज्ञप्ती जारी गर्दै स्थगित भएको बताएका थिए। तर निर्वाचन समितिले भने निर्धारित समयमै अधिवेशन गरेको हो। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ।

‘४८ मध्ये अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’ उनले भने, ‘अजयमेरु गाउँपालिका वडा नम्बर ३, अमरगढी नगरपालिका वडा नम्बर ८ र नवदुर्गा गाउँपालिका वडा नम्बर ५ मा वडा अधिवेशन हुन बाँकी छ। गन्यापधुरा २ मा सभापति चयन गरिएको छ। बाँकी आज हुन्छ।’ दिनेश खबर

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.