सुदूरपश्चिमका पहिलाे प्रदेश प्रमुख मल्लकाे निधन, मुख्यमन्त्रीद्वारा दु:ख व्यक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । निमोनिया ग्रस्त मल्ल काठमाडौस्थित निदान अस्पतालमा उपचाररत थिए । उनकाे आज बिहान ७ बजेतिर निधन भएको हाे ।

कैलालीको भजनी नगरपालिका–१ मा जन्मेका मल्ल चार दशक भन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका थिए । स्थानीय गाउँ पञ्चायदेखि राष्ट्रिय पञ्चायत सदस्य हुँदै २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए । उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तोकोत्तर हुन ।

यसैवीच सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मल्लको निधनप्रति मुख्यमन्त्री त्रिलाेचन भट्टले दु:ख व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टकाे सचिवालयले सम्वेदना प्रषेरित गर्दै  सुदूरपश्चिम प्रदेशले एक नैतिकवान कर्तव्यनिष्ट र ईमान्दार अभिभावक गुमाएकाे उल्लेख गरेकाे छ । मृत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस दुखद घडिमा शाेक सम्तप्द परिवारजनमा धर्यधारण गर्ने शक्ति प्राप्त हाेस् भन्ने कामनासमेत गरेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.