प्रधानमन्त्री विरुद्ध काँग्रेसले देशभरका प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रर्दशन गर्दै

धनगढी । नेपाली काँग्रेसले देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमविरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलन अन्तरगत देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको हो ।

काठमाडौं उपत्यकाका प्रदेशसभा क्षेत्रका मुख्य चोकहरुमा काँग्रेस नेता कार्यकर्ता भेला भएर प्रदर्शनमा सहभागी भैइरहेका छन् ।केन्द्रीय कार्य समितिको निर्णयअनुसार काँग्रेसले कैलालीसहित सुदूरपश्चिमका ९ जिल्लाका विभिन्न स्थानमा शनिबार दिउँसो विरोध प्रर्दशन गर्ने जनाएको छ।

काँग्रेसले कैलालीमा मात्र १० ठाउँमा प्रर्दशनसहित विरोध सभाको आयोजना गर्दैछ। नेपाली काँग्रेस कैलालीका नेता नृपबहादुर सुनारले धनगढी सहित जिल्लाका विभिन्न १० स्थानमा विरोध सभाको आयोजना गरिएको बताए।उनका अनुसार दिउँसो १२ बजे धनगढीको पार्क मोड, फूलबारी, गोदावरी नगरपालिकाको अत्तरिया, गौरीगंगा नगरपालिकाको मसुरिया, पहलमानपुरमा पनि विरोध सभाको आयोजना गरिएको छ।

यस्तै बौनिया बजार, टीकापुर, जोशीपुर, हसुलिया र लम्कीमा पनि प्रर्दशनसहित विरोध सभाको आयोजना गरिने काँग्रेसले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.