पहुँचकाे भरमा काज मिलाएर सुगममा बस्दै आएका चिकित्सक फिर्ता

धनगढी। पहुँच र शक्तिको दुरुपयोग गरी सुगम क्षेत्रका सुविधासम्पन्न अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरूकै मूल दरबन्दी भएको अस्पतालमा फर्काएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले देशभरको स्वास्थ्य सेवा प्रणालीलाई सन्तुलित बनाउन र दुर्गम तथा क्षेत्रीय अस्पतालहरूमा देखिएको विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न  कदम चाल्दै पहिलो चरणमा १४ जना विशेषज्ञ डाक्टरको काज फिर्ता गरेकी हुन्।

मन्त्रालयको निर्णयअनुसार स्वास्थ्य सेवातर्फका नवौँ र दशौँ तहका ती विशेषज्ञ चिकित्सकहरूलाई डडेल्धुरा अस्पताल, नारायणी अस्पताल (पर्सा) र गजेन्द्र नारायण सिंह अस्पताल (राजविराज) को स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन दरबन्दी रहेकै निकायमा खटाइएको हो।

यसअघि उनीहरू विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भरतपुर अस्पताल, कोशी अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेवा विभागजस्ता सुगम तथा केन्द्रीय निकायमा काजमा कार्यरत थिए।

काज फिर्ता भई आफ्नै दरबन्दीमा फिर्ता गरिएपछि अव डडेल्धुरा उपक्षेत्रीय अस्पतालले चार जना विशेषज्ञ चिकित्सक पाउनेछ । त्यहाँ डा. सन्तोष कुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नविन चन्द्र भट्ट र डा. सुयोग्य वाग्लेलाई फर्काइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.