सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिंदै

भाेलिबाट एसईई

धनगढी। भाेलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लाबाट ५३ हजार ९७३ परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन ।

नियमिततर्फका ४० हजार ९७३, प्राविधिक धारका एक हजार ७७८ र ग्रेड वृद्धितर्फका ११ हजार ४८५ परीक्षार्थी परीक्षामा सहभागी हुने निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले जानकारी दिए । सबैभन्दा बढी कैलालीबाट १८ हजार २७८ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन् । यसैगरी, कञ्चनपुरका १० हजार ८९७, बैतडीका चार हजार ५२९, अछामका चार हजार ४५१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ । 

त्यस्तै, डोटीका तीन हजार ३१४, दार्चुलाका तीन हजार ५६८, बझाङका तीन हजार ४२१ परीक्षार्थीले एसईई दिने निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा कम बाजुराबाट दुई हजार ४२६ जना परीक्षार्थी एसईईमा सहभागी भइरहेका जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.