देउवा पक्ष कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

यसैबीच, खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरुको भेला पनि बोलाएका छन् । देउवा–शेखर समूहले सोमबार महाराजगञ्जमा प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.