कांग्रेस नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई आज बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेस नेता खड्कालाई पक्राउ गरेको हो।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ । 

थप विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.