कार्यालयको छतबाट खसेर टीकापुरमा प्रहरी जवानको मृत्यु

धनगढी । कैलालीमा टिकापुर प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति आफू कार्यरतको रहेको दुई तले भवनबाट खसेर ३० वर्षका सन्देश चदाराको मृत्यु भएको हाे । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार मृतक जवानको घर बझाङको तल्लोकोट गाउँपालिका–१ हो। उनी वैशाखदेखि इलाका प्रहरी कार्यालय टिकापुरमा कार्यरत थिए। 

उनको दरबन्दी भने सुदूरपश्चिम प्रदेश प्रहरी गणमा थियो। घटनापछि प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.