प्रत्यक्षतर्फका १६५ क्षेत्रकै परिणाम सार्वजनिक, कसको कति सिट?

काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छन् ।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भए । २७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभरी मतदान भएको थियो । समानुपातिक तर्फको एक करोडबढी मत गणना भइसकेको छ ।

अहिलेसम्म समानुपातिकमा पनि रास्वपाले झण्डै आधा मत प्राप्त गर्ने देखिएको छ । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले तीन प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.