कैलाली ५ मा रास्वपाका चन्द विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आनन्द बहादुर चन्द विजयी भएका छन्। उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत पाएका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले सात हजार ८७६ र नेकपा एमालेका यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत पाएका छन् । कैलाली ५ मा ६५ हजार ९६३ मत खसेको थियो ।

यो क्षेत्रमा अधिकांश निर्वाचन कांग्रेसले जित्दै आएको छ । ०७० सालको संविधानसभा, ०७१ सालको उपनिर्वाचन र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.