बझाङमा एमालेका ऐन महर विजयी

धनगढी । बझाङमा एमालेका ऐनबहादुर महर विजयी भएका छन्। महरले १८ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पराजित गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ सय मत प्राप्त गरेका छन्। यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेस कुमार सिंहले नौ हजार २६३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ मत, नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४ मत र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.