कैलाली–१ मा रास्वपाकी ज्ञवाली र डोटीमा कांग्रेसका खड्का विजयी

धनगढी। प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन्। ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी हुन्।

ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका छन्। टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाएका छन्।

उता डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भएका छन्। १४ हजार ८ सय १७ मत प्राप्त गरेर खड्का विजयी भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक धामीले १४ हजार १ सय १० मत प्राप्त गरेका छन् । यसैगरी रास्वपाका नरेन्द्र खड्काले १३ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.